एमालेको र माओवादीको पार्टी भित्र र प्रतिपक्षी नेपाली कांग्रेसको सरकार ढाल्ने एजेण्डाले मुर्तरुप पाउन थालेपछि वर्तमान नेपालको सरकारको दिनगन्ती सुरु भएको छ । माओवादी र एमालेको बहुमतमा बनेको सरकार अहिले ढुलपुल अवस्थामा पुगेको छ । सरकार गिराउन प्रतिपक्षी कांग्रेस त भईहाल्यो एमालेका नेताहरु माधव कुमार नेपाल र केपी ओली त झन् सरकारको विरुद्धमा खुलेर हिड्न थालेका छन् । वहुमतको आधारमा हेर्ने हो भने वर्तमान सरकार निकै मजवुत र वलियो छ तर सरकारमा सहभागी दलहरुवीचको नेताहरुमा विवाद देखिएपछि व्यवहारिक रुपमा निकै कमजोर देखिएको छ । सरसरर्ती घटनाक्रमलाई केलाउने हो भने माओवादीको एक गुटपनि भित्रभित्रै सरकार गिराउन व्यापक सकि्रय देखिन्छ । उनीहरुले कांग्रेसलाई पनि सरकारमा समेटिएर नयाँ सरकारको निर्माण गर्नुपर्ने आवाज उठाउदै आइरहेको छ । अस्ति मात्र एमालेका वरिष्ठ नेताहरु कांग्रेस संग सरकार गिराउने र नयाँ सरकारको वारेमा छुफल गरिसकेको अवस्था छ । कांग्रेस र एमाओवादीमा पनि एक अर्कामा मिलेर नगए शान्तिप्रकि्रया अघि बढ्न नसक्ने जस्ता कुराहरु मिल्न थालेपछि अहिलेको सरकार ढुलपुल अवस्थामा पुगेको हो । कुरा कसरी पनि प्रस्ट हुन्छ भने एमाओवादीका उपाध्यक्ष वावुराम भट्टराई कांग्रेसलाई साथ लिएर जानुपर्ने अभिब्यक्ति दिदै हिड्न थालेका छन् । यता वर्तमान सरकारका प्रधानमन्त्री सरकार ढल्ने अवस्था आएपछि विभिन्न कसरतहरु ग्ार्न थालेका छन् । उनले एउटा कार्यक्रममा भन्दै थियो सरकारले सय दिनको हनिमुन पनि राम्रो संग मनाउन दिएन । सरकारलाई निरन्तरता दिन उनी टर्कीबाट आफ्नो भ्रमण छोट्याएर संविधान सभाको म्याद एक वर्ष थप्न प्रस्ताव ल्याएका थिए ।