Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सुस्त गतिमा निर्माण हुदै वृद्धा आश्रम, सहयोग गर्ने पालो तपाईको


आँबुखैरेनी शिव मन्दिर परिषरमा स्थानिय समाजसेवीहरुको पहलमा केही वर्ष पहिला देखि निर्माण शुरु गरिएको वृद्धाआश्रमको भवनआर्थिक अवस्था कमजोर हुदाँ समयमा निर्माण सम्पन्न हुन सकेको छैन । लाखौ रुपैयाको लगानी रहेको यस भवन सबै चन्दा संकलन र विभिन्न व्यक्ति तथा संघसंथाहरुको सहयोगमा यो स्थिती सम्म आईपुगेको हो । तर भवन निर्माणको गति भने सुस्त गतिैमा नै आगाडी वढिरहेको छ । आर्थिक अभावनै यसको मुख्य कारण रहेको भवन निर्माणमा जुटने बृद्धाआश्रम निर्माण समितिको भनाई रहेको छ । यो भवन निर्माण सम्पन्न भएमा गोरखा, तनहुँ लमजुङ्ग चितवन लगायतका जिल्लाहरुका साहारा विहिन आमा बाबुहरुले साहारा पाउने थियो । यदि तपाईहरुलाई पनि सहयोग गर्न मनलागे कृपया आँबुखैरेनी पोष्टलाई सम्पर्क गर्न सक्नुहुनेछ । सहयोग गर्नेको नामसहित फोटो तपाईको सार्वजनिक गर्नेछ । वेलायतमा बस्दै आउनुभएका सन्देश पन्तले आँबुखैरेनी शिव मन्दिर परिषरमा निर्माण भईरहेको वृद्धाआश्रमको लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले वृद्धाआश्रमलाई वार्षिक रुपमा सहयोग गर्ने योजनामा रहनुभएको छ । उहाँलाई धेरै धेरै धन्यवाद । सम्पर्कको लागि abupost@yahoo.com, भवनको अहिलेको अवस्थाहरु तस्बिरहरु; भगवान खनाल/आँबुखैरेनी पोष्ट/Aanbookhairenipost

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 9, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2011
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: