पवन पौडेल
तनहुँ चैत्र १४ । तनहुँको आँबुखैरेनी गाउँ विकास समितिलाई खुल्लादिशामुक्त घोषणा गरिएको छ । आज आँबुखैरेनी बजारमा आयोजित एक कार्यक्रमका बिच गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । आँबुखैरेनी गाउँ विकास समितिद्धारा आयोजित खुल्ला दिशामुक्त गाविस घोषणा समारोहमा बोल्दै तनहुँका स्थानिय विकास अधिकारी छविलाल रिजालले विक्रम संवत २०७० सालसम्ममा समग्र तनहुँलाई खुल्लादिशामुक्त घोषणा गर्ने अभियानअन्र्तगत जिल्ल्ााका विभिन्न गाविसहरुलाई खुल्लादिशामुक्त घोषणा गरिएको बताउनुभयो । सरसफाई मानविय सभ्यताको प्रतिक भन्दै उहाँले खुल्लादिशामुक्त अभियानलाई सहयोग गर्न सबैसंग अपिल गर्नुभयो । घोषणाको समयमा जत्तिकै चासो अन्य समयमा समेत देखाएर गाविसलाई अहिलेको जत्तिकै सफा राख्न उहाँले गाउँवासीसंग आग्रह समेत गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति उदयराज गौलीले आफ्नो टोल तथा क्षेत्र सफा राख्न सके यसले सुन्दरता मात्र नभै मानव जीवनका विभिन्न पक्षमा सहयोग गर्ने भएकाले घर तथा टोलको सफाईमा सबै जागरुक भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला विकास समिति स्थानिय विकास कोष तनहुँका सचिव रघुराज काफ्लेले खुल्ल्ाा दिशामुक्त घोषणा कार्यक्रमलाई घोषणामा मात्र सीमित गर्न नहुनेमा जोड दिनुभयो । उहाँले सबैको सहयोग र समन्वयमा सफाई अभियानलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
जिल्ला स्व्ाास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य निरिक्षक मुक्तिनाथ पण्डितले सरसफाईको अभावमा अशुद्ध पानी सेवन गर्दा मानिसलाई धेरै खालका रोग तथा संक्रमण लाग्ने भएकाले पानी तथा घरआँगन सफा राख्न सके धेरै खालका रोग तथा समस्याबाट बच्न सकिने भएकाले सफाईको महत्व निकै भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै तनहुँ सेवा समितिका अध्यक्ष ज्ञानराज थापाउपाध्यक्ष नुरचन्द्र वाग्लेसमाज सेवा समुहकी सरिता शर्माएकिकृत नेकपा माओवादीका कृष्ण कुमार श्रेष्ठनेपाली कांग्रेसका शालिग्राम अधिकारीएमालेका विर बहादुर विकतनहुँ सेवा समितिकि सामाजिक परिचालक सीता पण्डितकार्यक्रम आयोजक आँबुखैरेनी सरसफाई समितिका अध्इक्ष विष्णुप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमअघि आँबुखैरेनिस्थित विभिन्न आमा समुह युवा क्लब राजनीतिक दलका सदस्यविद्यालयका विद्यार्थि लगायतको समुहले बजारको परिक्रमा गर्दै सांस्कृतिक प्रस्तुती प्रदर्शन गरेको थियो ।