फागुन ३०- पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ३२०३ र काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको ना३ ख ८३२५ नम्बरको बस सोमबार दिउँसो पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको आँबुखैरेनी गाविसको नारीघाटमा सोमबार दिउँसो बस एक आपसमा ठक्कर खाँदा एक चालक र एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ना३ख ३२०३ नम्बरको बसका चालक कास्कीका विक्रम श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकी सोही बसमा यात्रारत अन्दाजी २५ वर्षीया महिलाको भने सनाखत हुन सकेको छैन्। श्रेष्ठको घटनास्थल र महिलाको उपचारका लागि मेडिकल लैजादाँ मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका १ दर्जन भन्दा यात्रु मध्ये केहीको आँबुखैरेनी स्थित मेडिकल हल र केहीलाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।