Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

एकै ठाउँमा छवटा माछापोखरी


भगवान खनाल
आँबुखैरेनी ,माघ २६
तराईबाहेक पहाडी क्षेत्रमा एकै स्थानमा छवटा माछापोखरी हुनु ठूलै कुरा हो । तनहुँको आँबुखैरेनी ६ गाँडापानीमा एकै स्थानमा सानाठूला गरेर छवटा माछापोखरी रहेको छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको गाँडापानी खेतमा माछापोखरी बनाएर माछा उत्पादन गरिदै आइएको छ । चार फिट गहिराईका पोखरी मध्ये एउटा एक रोपनी जग्गामा बनेको छ भने अरु पाँचवटा एकरोपनीभन्दा कम क्षेत्रफलमा बनेका छन् । सबै पोखरीमा गरेर क्षमता एकलाख माछा उत्पादन गर्न सकिने रहेको छ । माछा उत्पादक किसान जीतमान तामाङले भनें ूएकपटकमा एकलाख भुरा माछा पोखरीहरुमा हाल्ने गरेको छु ।एकलाख भुरा माछाको लगानी २५ हजार पर्दछ भनॆ दानाको २० हजार पर्दछू उनले भनें ूदश क्विन्टल दाना लाग्ने गरेको छ ।ू उनको पोखरीमा रहु नैनी सिल्भरकार्प बिग्रड कमन कार्प र ग्रास जातका माछा पाइन्छ । माछा किन्ने मधेशीमुलका व्यापारीहरु पोखरीमा आएर गाउँगाउँसम्म लैजान्छन् भने केही स्थानीय पोखरीमा नै जान्छन् । माछापालनबाट बार्षिक १ लाख ५० हजार आम्दानी हुन्छ उनले भनें कमाउनु भन्दा पनि केही बेरोजगारलाई रोजगारी दिन सकेको छु । उनको फार्ममा चारजनाले पूर्णकालीन रुपमा जागीर पाएका छन् । उनले बार्षिक १ लाख २५ हजार रुपैयाँ भाडाँ तिर्ने गरेका छन् । पोखरीको पानी अनुकुलको नभएकोले सोचें जसरी माछा उत्पादन गर्न नसकेको तामाङ बताउँछन् । पोखरीमा चुन मिश्रित पानी भएकोले माछा नसप्रने रहेछ उनले भनें ।
नुवाकोटबाट गोरखा हुदै तनहुँ बसाइँ सरेर आएका किसान जितमान तामाङ भन्छन् ूकुनै तालिम लिएको छैन आफ्नै बुद्धि खियाएर कृषि व्यवसायमा आत्मनिर्भर छु । उनले माछापोखरीका अतिरिक्त तरकारी खेती धानखेती गाई र बंगुरपालन समेत गरेर उदाहरण प्रस्तुत गरेका छन् । एकस्थानमा व्यावसायिक रुपमा बहु किसानी गरेका तामाङ किसानी गरेर खानुमा बेग्लै स्वाद रहेको बताउँछन् । उनले सिजनमा ५० हजार रुपैयाँको तरकारी समेत बेच्छन् । त्यस्तै दुधबेचेर मासिक १० हजारसम्म कमाउँछन् ।

Information

This entry was posted on February 8, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

February 2011
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28  
%d bloggers like this: