युवामञ्च २०६७
डिल्लीराम श्रमजीवी मिश्र
तनह किनारमा रहेको अकलादेवी मन्दिरको आˆनै वैशिष्ट्य छ । विवाह, व्रतवन्ध, हरितालिका पञ्चमी, जनैपूणिर्मा, दाहसंस्कार आदि पूजाआजा तथा संस्कार संस्कृतिको पवित्र क्रियास्थल बनेको अकलादेवी र मन्दिरको उत्पत्ति र स्थापनाबारे अलग्गै किंवदन्ती छ । पहिले लमजुङ जिल्लाको पहाडी दुर्गम भेकको नदी किनार भागमा ठूलो पहिरो गयो । मन्दिर त्यही पहिरोमा खसेर मस्र्याङ्दीको भेलमा बग्दैबग्दै आयो । सबैतिर हल्लाखल्ला भयो, वरिपरिका मान्छेहरू देवीलाई खोज्दै किनारैकिनार दौडे । कर्मदा-दरौदीको दोभान आउनुभन्दा करिब नौ किलोमिटर माथि नै वरादी भन्ने ठाउँमा झलक्क देखिनासाथ देवीको अवशिष्टांश हो कि भन्ने अड्कल सबैले काटे र बडो मुश्किलले त्यसलाई बाहिर निकाले । उक्त अवशेषलाई विभाजन गरी दुई किनारमा एकैसाथ दुई देवीको प्रतिष्ठापन र मन्दिरको परिकल्पना गरियो । गोरखापट्ट िनहर्की र तनहुँपट्ट िचुमान चौङवाण क्षेत्रीलाई पुजारीको रूपमा सामूहिक मनोनयन गरियो । समय क्रममा दुवैतिर गच्छेअनुसार व्यवस्थितरूपले मन्दिर निर्माण र पूजासामग्री जोरजाम गर्ने काम भयो । नदीको भेलबाट बग्दै आएको अवशिष्टांश बाँकी रहेको टुक्रा यही हो भन्न अड्कल काटेर सानो टुक्रा झिकिएको हुँदा सर्वप्रथम त्यसैलाई अड्कलादेवी भन्ने गरियो । कालान्तरमा त्यही शब्द अपभ्रंश हुँदै अकला बन्न पुगेको हो भन्ने किंवदन्ती आज पनि जीवन्त छ । त्यसपछि मन्दिरको पुनर्निर्माण गर्ने वा पुनरुद्वार गर्ने काम भने निरन्तर हुँदै रहृयो । देशको राजधानी काठमाडौँदेखि १२८ किमि पश्चिम र पोखरादेखि ७२ किमि पूर्व पृथ्वीराजमार्गको उत्तरतर्फ वरादी फाँटको रमणीय क्षेत्रमा अकलादेवी मन्दिर रहेको छ । यो मन्दिर राजमार्गबाट करिब पाँच सय मिटर तल मस्र्याङ्दी नदीको किनारमा पर्दछ । चारैतिरबाट अत्यधिक मानिसहरू दर्शन गर्न आउने अकला मन्दिरमा बढी मात्रामा परेवाको बलि चढाइन्छ । मन्दिरको सवालमा बेलाबेलामा अकला मन्दिर र बाटो निर्माण, पुनः निर्माण र संरक्षण गर्ने कार्यमा तत्कालीन जनप्रतिनिधि नरबहादुर थापा र ईश्वरीप्रसाद पौडेलले आˆनो कार्यकालमा महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । साथै नरबहादुर थापाले हरेक वर्षको माघे सङ्क्रान्तिमा विशेष मेलाको आयोजना गर्ने र वरिपरि आवतजावत गर्ने सबैलाई सुविधा होस् भन्ने सदाशयले मस्र्याङ्दी नदीमा अस्थायी पुलको निर्माण गर्ने र रातभरि हरिकीर्तन गरी जाग्राम बस्ने परम्पराको थालनी गरेको कुरा पनि सम्झन लायक नै छ । यसैगरी अकलादेवी मन्दिर, पाटी र उद्यान निर्माण गरी यस तीर्थस्थलमा सर्वसुलभ र व्यवस्थित गर्न २०५४ सालमा स्थानीय क्रियाशील महिलाहरूले बाटो बनाउने अभियान चलाएका थिए । आफू प्रधानपञ्च रहँदा ईश्वरीप्रसाद पौडेलले पनि सर्वसम्मत वातावरण तयार गरी पृथ्वीराजमार्गदेखि अकला मन्दिरसम्मको बाटो मोटर चल्न सक्ने किसिमले निर्माण गराएको कुरा पनि सुन्नमा आएको छ तर पछि उक्त बाटोले स्थायी रूप लिन मात्र होइन अस्तित्वसम्म पनि कायम राख्न सकेन । आइन्दा अकलादेवी मन्दिरमा पाटी, पौवा, उद्यान र यज्ञशाला निर्माण तथा नित्य नैमित्यिक क्रियाको लागि पुजारीको व्यवस्था, सामूहिक व्रतवन्धको निमित्त अलग प्रबन्ध र सन्तमहन्तहरूको सेवामा कुटी आदि निर्माण गर्ने गराउने कामको गुरुयोजना बन्दैछ । अकलादेवी मन्दिर जस्तो पवित्र धार्मिक तीर्थस्थलको रूपमा रहेको पावन सेरोफेरो आफैँमा आस्थाको जीवन्त धरोहर हो ।
मन्दिर रहेको स्थान माथि वाट ;तस्विरमा देखिएको मस्र्याङ्गदी नदीको वारी र पारी किनारमा उक्त मन्दिर अवस्थित छ ।