मनकामना माई सहकारीको साधरण सभा सम्पन्न
आँबुखैरेनी पोष्ट सम्वाददाता
आँबुखैरेनीको समाजसेवीहरुद्धारा स्थापना गरिएको मनकामना माइ बहुउदेश्यिय सहकारी संस्थाको चौथों वार्षिक साधारण सभा भर्खरै सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष विपिन मल्लले सहकारीको वित्तिय विवरण पेश गरेका थिए । उनले आ व ०६६ ०६७ मा सहकारीले १० लाख ७० हजार ३ सय ४५ मुनाफा गरेको बताए । सहकारीले आ व ०६६ ०६७ मा शेयर पुजी ३५ लखा ३६ हजार ९ सय पुराएको छ । सहकारीले यही आ व ०६६ ०६७ मा २ करोड ६१ लाख २० हजार ६ सय ५० निक्षेप संकलन गरी २ करोड ४९ लाख ७१ जार ७ सय ८२ रुपैयाँ लगानी पनि गरेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी तनहुँका अध्यक्ष पुरुषोत्तम काफ्लेले मन्तव्य दिदै सहकारी मानिसको ज्ाीवन प्रणालीको सहायक अंग भएको बताए । कार्यक्रम आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषी के सी उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइका अध्यक्ष ऋषी के सी नेपाल एसविआइ बैंक आँबुखैरेनीका प्रवन्धक जीवेश पाण्डे मनकामना विकास बैंकका प्रवन्धक हरिशरण वाग्ले र डा। राजराम श्रेष्ठले पनि मन्तव्य दिएका थिए । कार्यक्रमको संचालन सहकारीका सचिव उपेन्द्र देवकोटाले गरेका थिए । यस सहकारी संस्थाले आँबुखैरेनीको विभिन्न भागमा सामाजिक कि्रयाकलापहरुमा सहयोग समेत गर्दै आएको छ ।
good going amar, wish u best of luck
thanks mr chijkumar shrestha