Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आबुखैरेनी -गोरखा जोड्ने पुल पनि जीर्ण


जिल्ला प्रवेशको मुख्य नाका मस्र्याङ्दी नदीको पुल निर्धारित आयुअगावै जीर्ण बनेको छ ।

पुल अड्याउन प्रयोग गरिएको लठ्ठा, बिम र त्यसका नटबल्टमा खिया लागेर मर्मत हुन नसक्दा पुल जीर्ण बनेको हो । पुलमाथि खाल्डैखाल्डा छन् । पुलको खम्बा अड्याउन प्रयोग गरिएको लठ्ठासमेत खिया लागेको छ ।

पिचमा प्रयोग गरिएका काठ कुहिएको अवस्थामा पुल मुनिबाट देख्न सकिन्छ । ०३६ सालमा चीन सरकारले निर्माण गरेको उक्त पुलको गत वर्ष एक पटकमात्र मर्मत गरेको स्थानीय रत्न श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार सडक कार्यालयले कुहिएको काठमाथि नै पिच गरेकाले मर्मतको एक वर्ष बित्न नपाउँदै खाल्डो परेको छ । ‘पुललाई चाहिने उचित प्रकारको मर्मतसम्भार र रेखदेख नगर्नाले चाँडै जीर्ण बनेको हो,’ श्रेष्ठले भने, ‘बल्ल बल्ल मर्मत गर्दा पनि लापरवाही ढंगले काम गर्दा राम्रो हुन नसकेको हो ।’

एकपंक्ति भएकाले पुलको रखेदेख गर्न सडक डिभिजन कार्यालयले राखेको पालेसमेत दस वर्षअघिबाट हटाएपछि थप समस्या भएको हो । स्थापनाकालदेखि पालेले सवारी साधनलाई एकतर्फी रूपमा मात्र वारपार गराउने गरेको थियो ।

दिनप्रतिदिन सावरी साधनको चाप बढ्दै गएको र चालकहरूले एकपंक्ति रूपमा सवारी नचलाइदिनाले पुलको आयुअगावै जीर्ण बनेको प्राविधिक विजय गुरुङले बताए ।

सामान्यतया पुलको आयु ७०/८० वर्ष हुने गरेको छ । गुरुङका अनुसार पुलमाथि जथाभावी र धेरै क्षमताका सवारी साधन एकैपटक चलाउनाले बिममा असर परेर हल्लने गरेको छ । ‘खाबो अड्याउन प्रयोग गरिएको लठ्ठामा र पुलको छेउमा स्थानीय तथा यात्रुले शौचालय बनाउने गरेका छन्,’ गुरुङले भने, ‘जसले गर्दा पुलका सामग्रीमा बढी खिया लागेको छ ।’ उनका अनुसार पुलको क्षमता

एक पटकमा १० टनमात्र हो । त्योभन्दा बढी क्षमताका सावरी साधन एकैपटकमा चल्ने गरेको उनले बताए ।

गुरुङले भने, ‘यता समयमा मर्मत हुन नसक्नु, पुललाई शौचालय बनाउनु त्यहीमाथि बढी क्षमताका सवारी साधन चलाइदिनाले आयुअगावै जीर्ण बनेको हो ।’ पुल एकपंक्ति रहेको र क्षमताको विषयमा वारिपारिको साइनबोर्डमा लेखिए पनि चालकले ध्यान दिने गरेका छैनन् ।

उक्त पुल भएर दैनिक दुई सयभन्दा बढी सवारी साधन चल्ने गरेका छन् । काठमाडांै, नारायणगढ, पोखरालगायतका दर्जन जिल्लाबाट उक्त पुल भएर गोरखामा सवारी साधन आवत जावत गर्ने गरेका छन् । पुल मर्मतका लागि वाषिर्क आउने गरेको बजेटबाट नपुग्ने गरेको र थप बजेट माग गर्दा नपाएकाले समस्या भएको सडक डिभिजन कार्यालयका इन्जिनियर सिवलाल दाहालले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 12, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2011
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
%d bloggers like this: